कारोबार रकम र नेप्से परिसूचक दुवै ओरालो

हिमाल प्रेस ६ असार २०८० १५:३६ | Wednesday, June 21, 2023
कारोबार रकम र नेप्से परिसूचक दुवै ओरालो

काठमाडौँ- बुधबार सेयर बजार परिसूचक (नेप्से) र कारोबार रकम दुवै ओरालो लागेको छ। आज (बुधबार) परिसूचक १४ अंकले घटेको छ। अघिल्लो साता लगातार बढेको बजार पछिल्लो तीन कारोबार दिनमा भने घटेको छ।

आज कारोबार रकम पनि ओरालो लाग्यो। मंगलबार ४ अर्ब ११ करोडको कारोबार भएको थियो। आज भने ३ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार रकमका हिसाबले आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। यसको २३ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सोल्टी होटल लिमिटेडको १९ करोड ३५ लाख रुपैयाँको कारोबार भयो।

बुधबार सिटी होटल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै सोल्टी होटल लिमिटेडको ७.४४, बीपीडब्लू लघुवित्तको ६.१० प्रतिशत र ईङ्वा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ५.९८ प्रतिशतले बढ्यो।

बुधबार कारोबार भएकामध्ये १७९ वटा कम्पनीको मूल्य घट्यो भने ४५ कम्पनीको बढ्यो। आज होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ता आकर्षित भएका छन्। यो उपसमूहको सूचक ४.८४ प्रतिशतले बढ्यो। जीवन बिमा, उत्पादन र व्यापार उपसमूहको सूचक १ प्रतिशतले पनि बढ्न सकेन। अन्य सबै उपसमूहको सूचक घटेको छ।

प्रकाशित: ६ असार २०८० १५:३६ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast