कान्ति लोकपथमा पहिरो खस्दा काठमाडौँ-हेटौंडा यातायात अवरुद्ध

हिमाल प्रेस १५ असार २०८० १२:३१ | Friday, June 30, 2023
कान्ति लोकपथमा पहिरो खस्दा काठमाडौँ-हेटौंडा यातायात अवरुद्ध

काठमाडौँ– हेटौंडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुलनजिकै शुक्रबार (आज) बिहान पहिरो जाँदा काठमाडौँ-हेटौंडा यातायात अवरुद्ध भएको छ।

मकवानपुरको सिमानाबाट करिब २ किलोमिटर उत्तरतर्फ बागमती पुलनजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।

यता हेटौंडाबाट काठमाडौँका लागि प्रस्थान गरेका हल्का सवारी साधनलाई ठिँगन प्रहरीले रोकेको छ। चितवनको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध भएपछि काठमाडौँबाट चितवनतर्फ गुडेका सबै सवारी साधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।

यसैगरी पश्चिमबाट आएका सवारी साधन हेटौंडा त्रिभुवन राजपथ हुँदै काठमाडौँ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। त्यस्तै मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ-थानकोट सडकमा पनि सवारी साधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ असार २०८० १२:३१ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast