काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ५४ करोड रुपैयाँको बजेट

हिमाल प्रेस १० असार २०८० १३:५० | Sunday, June 25, 2023
काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ५४ करोड रुपैयाँको बजेट

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट नगरसभामा प्रस्तुत गरिन्।

उपमेयर डंगोलले प्रस्तुत गरेको बजेटअनुसार चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

उक्त बजेटको स्रोतको रूपमा उनले प्रदेश र संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार रुपैयाँ प्राप्त हुने बताइन्। त्यस्तै प्रदेश र संघ सरकारबाट प्राप्त हुने निशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार रुपैयाँ र आन्तरिक आयबाट ६ अर्ब ३९ करोड २० लाख रुपैयाँ संकलन गरिने विवरण उनले प्रस्तुत गरिन्।

त्यस्तै बैंक मौज्दातको ११ अर्ब ७५ करोड रुपैयाँ रुपैयाँ, राजस्व बाँडफाँटतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार रुपैयाँ संकलन गरिने प्रक्षेपण महानगरको छ। त्यस्तै सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोड पनि महानगरको आम्दानीको स्रोत हो।

प्रकाशित: १० असार २०८० १३:५० | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast