कांग्रेस अहिलेजसरी चले दुर्घटनामा जान सक्ने गगन थापाको चेतावनी

हिमाल प्रेस ४ असार २०८० १८:५२ | Monday, June 19, 2023
कांग्रेस अहिलेजसरी चले दुर्घटनामा जान सक्ने गगन थापाको चेतावनी फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी अहिलेजसरी चलेका दुर्घटनामा जाने चेतावनी दिएका छन्। बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्ने दाबी महामन्त्री थापाको छ।  काठमाडौँमा सोमबार ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन्। महामन्त्री थापाले देश बदल्नका लागि सबैभन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेकोमा जोड दिए।

उनले भने, ‘बदलेको कांग्रेसले मात्रै देश बदल्न सक्छ। कांग्रेस अहिले जसरी चलेको छ। त्यसरी नै चल्ने हो भने कांग्रेस दुर्घटनामा जान्छौँ। हामी जसरी चलिरहेका छौंँ, यो भन्दा भिन्न ढंगबाट चल्नुपर्छ।’

महामन्त्री थापाले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताए। देश अफ्ठ्यारोमा भएको बेला कांग्रेसले ठिक ढंगले सम्हाल्न सक्नुपर्ने पनि थापाले बताए। यस्तै उनले कांग्रेसले सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने चिन्ता व्यक्त गरे।

प्रकाशित: ४ असार २०८० १८:५२ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast