कला जीवनका आयामहरूको प्रतिबिम्ब हो : गृहमन्त्री

हिमाल प्रेस ८ असार २०८० १७:५२ | Friday, June 23, 2023
कला जीवनका आयामहरूको प्रतिबिम्ब हो : गृहमन्त्री फाइल तस्बिर

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरूको प्रतिबिम्ब भएको बताएका छन्। शुक्रबारबाट काठमाडौँमा नेपालस्थित बंगलादेशी दुतावासले सुरु गरेको लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘कला वास्तवमा जीवनको विभिन्न आयामहरूको प्रतिबिम्ब हो। यसले हाम्रो परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्छ,’ उनले भने, ‘यसले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्छ। यसको आफ्नै महत्त्व छ। जीवनको अभिन्न पक्ष हो कला।’

मेला असार ८ गतेदेखि १२ गतेसम्म बबरमहलस्थित कला परिषद्‌मा सञ्चालन हुनेछ। मेलामा नेपाल र बंगलादेशबीचका सम्बन्धका सांस्कृतिक महत्त्वका चित्रहरू प्रदर्शन गरिनेछ।

प्रकाशित: ८ असार २०८० १७:५२ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast