कर्णाली नदीमा जिप खस्यो, एक जना घाइते

हिमाल प्रेस ४ असार २०८० १२:२८ | Monday, June 19, 2023
कर्णाली नदीमा जिप खस्यो, एक जना घाइते

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-२ स्थित च्याछरा भिरबाट आज बिहान जिप कर्णाली नदीमा खसेको छ।

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जिप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) भीम भट्टराईले जानकारी दिए।

जिपमा चालकसहित १३ सवार थिए। जनकपुरका जिप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन्। उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ।

हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको जिप भिरबाट कर्णाली नदीमा खसेको हो। उक्त दुर्घटनामा चालक हाम फालेर बच्न सफल भएको तर उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ।

उकालोमा गुडिरहेको जिपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको डीएसपी भट्टराईले बताए।

प्रकाशित: ४ असार २०८० १२:२८ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast