कनेक्ट आईपीएसको कर्पोरेट पेमार्फत महिनामै ५० अर्बको कारोबार

हिमाल प्रेस ११ असार २०८० १६:५५ | Monday, June 26, 2023
कनेक्ट आईपीएसको कर्पोरेट पेमार्फत महिनामै ५० अर्बको कारोबार

काठमाडौँ- कनेक्ट आईपीएसको कर्पोरेट पे प्रणालीमार्फत जेठ महिनामा ५० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कनेक्ट आईपीएसले २०७७ माघदेखि कर्पोरेट पे प्रणालीको सुरुवात गरेको थियो। त्यसयता जेठमा भएको कारोबार सबैभन्दा उच्च हो।

गत आर्थिक वर्ष २०७८/७९ मा कर्पोरेट पेमार्फत कुल १ खर्ब ९ अर्ब ५ लाख रुपैयाँ बराबरको कारोबार थियो। यो अंकमा छलाङ मार्दै चालु आवको जेठ महिनासम्म कर्पोरेट पेबाट ४ खर्ब २१ अर्बभन्दा बढीको कारोबार भएको छ।

साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकले कर्पोरेट पे प्रयोग गर्न पाउँछन्। हाल शैक्षिक संस्था, निर्माण कम्पनी, ट्राभल एजेन्सीदेखि खुद्रा व्यवसायीसम्मले कर्पोरेट पे प्रयोग गर्दै आइरहेका छन्।

४७ बैंक वित्तीय संस्थामार्फत कर्पोरेट पे प्रणालीमा ७ हजार ७०० संस्थाले कारोबार गरिरहेको कनेक्ट आईपीएसले जनाएको छ। कर्पोरेट प्रणालीको रियल टाइममा प्रतिकारोबार २० लाखसम्म र नन–रियल टाइम कारोबार २० करोडसम्म गर्न सकिन्छ।

प्रकाशित: ११ असार २०८० १६:५५ | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast