ओखलढुंगाका पहिरोपीडितलाई सुरक्षित ठाउँमा सार्न माग

हिमाल प्रेस ८ असार २०८० ११:२५ | Friday, June 23, 2023
ओखलढुंगाका पहिरोपीडितलाई सुरक्षित ठाउँमा सार्न माग

काठमाडौँ- नेपाली कांग्रेसका रामहरि खतिवडाले ओखलढुंगाको चम्पादेवी–८ का पहिरो पीडितलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्थापन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। चम्पादेवी गाउँपालिका–८ विलन्दुमा बिहीबार राति पहिरो जाँदा एकै घरमा चार जनाको मृत्यु भएको छ।

घटनामा ३६ वर्षीय रणबहादुर गुरुङ, २९ वर्षीया श्रीमती शिवमाया, १८ महिनाकी छोरी कृतिका र १० वर्षीय छोरा दिनेशको ज्यान गएको हो।

यस्तै सयौँ बिघा खेतबारी बगेको र कैयौँ चौपाया बेपत्ता भएको खतिवडाले जानकारी दिए। उनले गाउँ नै विस्थापित हुने खतरा भएकाले समयमै व्यवस्थित बसोबासको प्रबन्ध मिलाउन आग्रह गरेका छन्। यस्तै खतिवडाले डोजर ड्राइभर नै इन्जिनियर बन्दा देशव्यापी रूपमा पहाडी क्षेत्रमा पहिरो र बाढीको प्रकोप बढेको बताए।

प्रकाशित: ८ असार २०८० ११:२५ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast