एसिड पीडित सांसद कंसाकारको प्रश्न : आर्थिक घाटा हुन्छ भनेर जलनको उपचार सरकारले नगरेको हो?

हिमाल प्रेस ३२ जेठ २०८० १७:०९ | Thursday, June 15, 2023
एसिड पीडित सांसद कंसाकारको प्रश्न : आर्थिक घाटा हुन्छ भनेर जलनको उपचार सरकारले नगरेको हो? सांसद कंशाकार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दवासिनी कंसाकारले जलन अपराधको घटनाबारे सरकारले चासो नदिएको भन्दै आपत्ति जनाएकी छन्। आज बिहीबारको प्रतिनिधिसभा बैठकमा पहिलोपटक सम्बोधन गर्दै उनले जलनको उपचारबारे समाचारमा चर्चा हुने गरे पनि सदनर सरकारले चासो नदिएको बताएकी हुन्।

उनले भनिन्,’मैले तेजाब जलनको अनुभव गरेको छु । यो अमानवीय क्रूर अपराधले गर्ने हानी, यसले दिने पीडा सबै बुझेको छु। गरिबले जलन भोग्ने भएकाले आर्थिक घाटा हुन्छ भन्ने बुझेर जलनको उपचार सरकारले नगरेको हो?

उनले जलन उपचार कोषको व्यवस्था गर्न सरकारसँग माग गरिन्। उनले सरकारले उपचारमा क्यान्सर र मृगौला रोगीजस्तै अरू रोग सरह उपचार कोष स्थापना गर्न माग गरिन्। सांसद कंसाकारले आगामी आर्थिक वर्षको बजेटमा कोष स्थापना गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित: ३२ जेठ २०८० १७:०९ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast