एसईई नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्ना नगर्न महानगरको निर्देशन

हिमाल प्रेस २५ जेठ २०८० १३:०८ | Thursday, June 8, 2023
एसईई नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्ना नगर्न महानगरको निर्देशन काठमाडौँ महानगर

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन नभएसम्म नयाँ विद्यार्थी भर्ना नलिन काठमाडौँ महानगरपालिकाले निर्देशन दिएको छ।

महानगर शिक्षा विभागले सूचना जारी गर्दै केही विद्यालयले कक्षा ११ मा नयाँ भर्ना सम्बन्धी सूचना निकालेकाले एसईईको नतिजा अघि भर्ना नलिन विद्यालयलाई निर्देशन दिएको हो।

शिक्षा विभागमा केही विद्यालयले भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको उजुरी परेपछि सबै विद्यालयलाई भर्ना नलिन परिपत्र जारी गरेको छ।

प्रकाशित: २५ जेठ २०८० १३:०८ | Thursday, June 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast