एमालेसँग दूरी बढाउन समाजवादी मोर्चा गठन भएको हो, कांग्रेस तर्सिँदैन : प्रदीप पौडेल

हिमाल प्रेस ५ असार २०८० २०:५३ | Tuesday, June 20, 2023
एमालेसँग दूरी बढाउन समाजवादी मोर्चा गठन भएको हो, कांग्रेस तर्सिँदैन : प्रदीप पौडेल फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताएका छन्। मंगलबार संसद्‍बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मोर्चाबाट कांग्रेस नतर्सिएको बताएका हुन्।

उनले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पारे। ‘एमालेसँग दूरी बढाउन अरू कम्युनिष्ट नेताहरूले यो गरेका हुन्। यो मोर्चा बनाएपछि सरकार फेरिने, कांग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन,’ उनले भने, ‘हामीले आफ्नो विषय प्रस्ट्याएर जनताका बीचमा जानुपर्छ।’

यस्ते उनले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताए। पार्टीबाट गरिने निर्णयहरू सभापति र सभापतिका नजिकका केही नेताहरू मात्रै बसेर गर्न नहुने पनि बताए।

प्रकाशित: ५ असार २०८० २०:५३ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast