एमालेको अवरोधले कर्णाली प्रदेशसभा बैठक स्थगित

हिमाल प्रेस १४ असार २०८० १४:०८ | Thursday, June 29, 2023
एमालेको अवरोधले कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत– कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिए।

यसअघि बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णालीको संसद् अवरुद्ध गरेको थियो। बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै एमालेले संसद्मा अवरोध गर्दै आएको छ।

आज पनि एमालेले अवरोध गर्ने भएपछि बैठक स्थगित गरिएको बताइएको छ।

प्रकाशित: १४ असार २०८० १४:०८ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast