उपेन्द्र भन्छन् : मोर्चामा आवद्ध सबैको एउटै दल बन्दैन, बाबुरामजीको एक्लै हिँड्ने बानी छ

हिमाल प्रेस ७ असार २०८० १२:१४ | Thursday, June 22, 2023
उपेन्द्र भन्छन् : मोर्चामा आवद्ध सबैको एउटै दल बन्दैन, बाबुरामजीको एक्लै हिँड्ने बानी छ उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हालै बनेको समाजवादी मोर्चामा आवद्ध दलहरूको एउटै पार्टी बन्ने सम्भावना नरहेको बताएका छन्।

बिहीबार पत्रकार सम्मेलनमा बोल्दै यादवले मोर्चामा आवद्ध हुने कुरा एउटै दल बन्नु नभएको बताएका हुन्।

माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गरेका थिए।

‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आंकलन कसैले गरेका छन् भने त्यो गलत हो,’ उनले भने, ‘पार्टीहरुको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयहरुमा सहकार्य हुन्छ।’

यादवले आफ्ना पूर्वसहकर्मी डा.बाबुराम भट्टराईबारे पनि टिप्पणी गरे। उनले भट्टराई एक्लै हिँड्ने बानी भएको व्यक्ति भएको बताए। ‘बाबुराम भट्टराईले समातेको पनि होइन, हामीले छोडेको पनि होइन,’ उनले भने, ‘फेरि बाबुरामजीको एक्लै हिँड्ने बानी छ।’

प्रकाशित: ७ असार २०८० १२:१४ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast