उपभोक्ता मूल्यमा आधारित सुदूरपश्चिमको ‘जीडीपी’ पौनै ४ खर्ब

हिमाल प्रेस ३२ जेठ २०८० २१:३६ | Thursday, June 15, 2023
उपभोक्ता मूल्यमा आधारित सुदूरपश्चिमको ‘जीडीपी’ पौनै ४ खर्ब

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको बिहीबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्।

प्रदेशसभामा पहिलोपटक प्रस्तुत गरिएको प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिममा उपभोक्ता मूल्यमा आधारित कुल गार्हस्थ्य उत्पादन (जीडीपी)३ खर्ब ७६ अर्ब ३३ करोड ३० लाख रहने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर १.७८ प्रतिशत रहने अनुमान छ। गत आव २०७८/७९ मा आर्थिक वृद्धिदर ४.७८ प्रतिशत रहेको मन्त्री शाहीले सदनलाई जानकारी गराए।

आव २०७८/८९ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा प्रदेशको योगदान ७ प्रतिशत रहने अनुमान छ। चालु आव २०७९/८० मा प्रदेशको कृषि तथा गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः १.६७ प्रतिशत र २.१३ प्रतिशत रहने अनुमान छ।

त्यस्तै प्राथमिक क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशः १.६६ प्रतिशत र ३.२४ प्रतिशत रहने अनुमान छ। त्यस्तै वित्तीय क्षेत्रको वृद्धिदर ०.६४ प्रतिशत ऋणात्मक हुने अनुमान छ।

गएको फागुनसम्म बझाङको सैपाल गाउँपालिकाबाहेक सुदूरपश्चिम प्रदेशका सबै ८७ पालिकामा जम्मा ३ सय ४३ विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा आइसकेका छन्। यस्तै गत फागुनसम्म प्रदेशमा ३ सय ६५ सहकारी संस्था र ३ सय ८ बीमा कम्पनी पुगेका छन्। रासस

प्रकाशित: ३२ जेठ २०८० २१:३६ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast