उपप्रधानमन्त्री श्रेष्ठले अवलोकन गरे छेन्दुको अन्तर्राष्ट्रिय मेला

हिमाल प्रेस १४ असार २०८० १९:२५ | Thursday, June 29, 2023
उपप्रधानमन्त्री श्रेष्ठले अवलोकन गरे छेन्दुको अन्तर्राष्ट्रिय मेला

छेन्दु (चीन): जनवादी चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको आज (बिहीबार) अवलोकन गरेका छन्।

चीनका साथै विभिन्न देशका उद्यमी, व्यवसायीका स्टलमा पुगेर उनले मेला अवलोकन गरेका हुन्। सो मेलामा ५६ देश तथा क्षेत्रका व्यवसायीको सहभागिता रहेको छ। आजदेखि सुरु भएको मेलामा नेपालले समेत सहभागिता जनाएको छ। मेला आगामी जुलाई ३ सम्म चल्नेछ।

नेपालले सन् २०१३ देखि सो मेलामा सहभागिता जनाउँदै आएको छ। पछिल्लो समय छेन्दु चीनकै व्यापारिक क्षेत्रका रूपमा रहँदै आएको छ। चीनसँगको नेपालको कुल व्यापारको एक तिहाइभन्दा बढी यसै प्रान्तबाट हुने गरेको छ।

मेलाको उद्घाटन सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले लगानी गरेर उचित प्रतिफल लैजान आग्रह गरे।

प्रकाशित: १४ असार २०८० १९:२५ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast