 
                             
                                            काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले परिवारजनमा समवेदना प्रकट गरेका छन्।
यसै गरी उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
यही जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका-८ ठुरिया खोला नजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उनको निधन भएको थियो। रासस
                            प्रकाशित: २३ जेठ  २०८० १३:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 