उपत्यका बाहिर जान बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम लागु

हिमाल प्रेस १ असार २०८० ७:२० | Friday, June 16, 2023
उपत्यका बाहिर जान बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम लागु काठमाडौँ नयाँ बसपार्क। फाइल तस्बिर

काठमाडौँ– काठमाडौँ उपत्यकाबाट बाहिर जानका लागि नयाँ बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम आज (असार १ गते) बाट लागु भएको छ।

काठमाडौँ महानगरपालिकाले केही दिनअघि ल्याएको यो नियम आजबाट कार्यान्वयन हुने भएको हो।

महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न महानगरले निर्देशन दिएसँगै आजदेखि यो नियम लागु भएको हो।

‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गते देखी नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न सूचित गरिन्छ, महानगरले जारी गरेको सूचनामा उल्लेख छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको छ।’

नियम अवज्ञा गर्ने सवारी साधन या चालकलाई ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने पनि सूचनामा उल्लेख छ।

प्रकाशित: १ असार २०८० ७:२० | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast