उच्च अदालतको अन्तरिम आदेश : हिसान शैक्षिक मेला नरोक्नू

हिमाल प्रेस ६ असार २०८० २०:५३ | Wednesday, June 21, 2023
उच्च अदालतको अन्तरिम आदेश : हिसान शैक्षिक मेला नरोक्नू

काठमाडौँ- उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीश टेकप्रसाद ढु‌ंगाना र रमेश ढकालको संयुक्त इजलासले आज (बुधबार) उक्त शैक्षिक मेला नरोक्न आदेश जारी गरेको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन्।

गत जेठ ३२ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको उक्त शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले विभिन्न कारण देखाउँदै बन्द गराएको थियो। त्यसका विरुद्धमा उच्च माध्यमिक विद्यालय एसोसिएसन (हिसान) ले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।

प्रकाशित: ६ असार २०८० २०:५३ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast