आलुप्याजमा कर लगाउँदा भान्सा महँगो भयो : डा. कोइराला

हिमाल प्रेस ५ असार २०८० ७:०५ | Tuesday, June 20, 2023
आलुप्याजमा कर लगाउँदा भान्सा महँगो भयो : डा. कोइराला फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले बजेटमार्फत आलुप्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन्। काठमाडौँमा सोमबार भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दैै नेता कोइरालाले उक्त कुरा बताएका हुन्।

सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको आरोप कोइरालाको छ। डा. कोइरालाले भने, ‘नेपालमा उत्पादन भएको आलुप्याज सस्तो हुन्छ। कर लगाउनेबित्तिकै सस्तो पनि हुँदैन। यस्तो व्यवस्थाले जनताको भन्सा महँगो भएको छ। यसलाई सुधार गरेर जान आवश्यक छ।’

सत्तापक्षका सांसदहरुले नै आफ्ना माग सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्था कांग्रेस कसरी अगाडि बढ्ने विषयमा छलफल गर्न आवश्यक रहेको कोइरालाले बताए।

यसैगरी कोइरालले देशले बाटो बिराएको जस्तो आभास भइरहेको बताए। मुलुकमा जवाफदेहिता, उत्तरदायित्व, सुशासन र दण्डहीनता अन्त्य हुन नसके लोकतन्त्र सुदृढ हुन नसक्ने कोइरालाको भनाइ छ। उनले भने, ‘लोकतन्त्र सुदृढ बनाउन कांग्रेस खरो रुपमा मैदानमा उत्रन आवश्यक छ।’

यस्तै उनले सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर प्रशासन कार्यालयको शाखा बनाउँदा निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसक्ने पनि बताए।

प्रकाशित: ५ असार २०८० ७:०५ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast