आयातमा लगाएको प्रतिबन्ध क्रमशः हटाउँदै श्रीलंका

हिमाल प्रेस २७ जेठ २०८० २०:४१ | Saturday, June 10, 2023
आयातमा लगाएको प्रतिबन्ध क्रमशः हटाउँदै श्रीलंका

कोलम्बो- श्रीलंका सरकारले विद्युतीय उपकरण, सरसफाइसम्बन्धी र खाद्य सामग्रीलगायत ३ सयभन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाएको छ। आर्थिक अवस्थामा सुधार आउन थालेसँगै श्रीलंकाले आयात क्रमशः खुकुलो बनाउँदै लगेको छ।

श्रीलंकाका राष्ट्रपति रानिल विक्रमासिंघेद्वारा वित्त, आर्थिक स्थिरीकरण र राष्ट्रिय नीति मन्त्रीको रूपमा जारी गरिएको राजपत्र अधिसूचनापछि उक्त नयाँ नीति शुक्रबारदेखि लागू भएको हो।

श्रीलंका सरकारले सन् २०२२ को अगस्टमा एक हजार ४ सय ६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। तीमध्ये ८ सयभन्दा बढी वस्तुमाथिको प्रतिबन्ध यसअघि नै फुकुवा गरेको थियो।

सन् २०२२ मा श्रीलंकाको कुल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको र सन् २०२१ को तुलनामा ११.४ प्रतिशतले कमी आएको सरकारी तथ्यांकले देखाएको छ।

श्रीलंकाको केन्द्रीय बैंकले सन् २०२२ को अधिकांश समय अत्यावश्यक बाहेकका आयातमा प्रतिबन्ध लगाउने उपायका कारण बजारमा तरलताको अभाव कायम रहेकाले यो निर्णय गरिएको बताएको छ।

श्रीलंकाका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले अमेरिकी डलरको उपलब्धतामा भएको सुधारको परिणामस्वरूप आयात प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय गरिएको बताए। रासस/सिन्ह्वा

प्रकाशित: २७ जेठ २०८० २०:४१ | Saturday, June 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast