आदिपुरुष विवादबारे भारतीय कम्पनीले पठायो बालेनलाई पत्र

हिमाल प्रेस ४ असार २०८० ६:४८ | Monday, June 19, 2023
आदिपुरुष विवादबारे भारतीय कम्पनीले पठायो बालेनलाई पत्र

काठमाडौँ– भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रा.लिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र चलचित्र विकास बोर्डलाई पत्र पठाएको छ।

चलचित्र ‘आदिपुरुष’मा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभई सम्पूर्ण भारतीय नारीहरूको स्वाभीमानलाई प्रतिनिधित्व गरेको उल्लेख गर्दै कम्पनीले आइतबार इमेलमार्फत पत्र पठाएको हो।

संसारका महिलाहरूको सम्मानलाई भारतले महत्त्वका साथ हेर्ने गरेको कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

चलचित्रलाई सिधा अर्थमा नभई प्रतीकात्मक रूपमा बुझिदिन र सहयोग आग्रह गरिएको छ। ‘सर्वप्रथम यदि हामीले कुनै पनि विषयमा नेपालको भावनामाथि चोट पुर्‍याएको भए माफी चाहन्छौं, कसैको सौहार्दतामा खलल पुर्‍याउने हाम्रो नियोजित उद्देश्य होइन,’ पत्रमा उल्लेख छ।

बालेनले केही दिनअघि ‘आदिपुरुष’को उक्त विवादित संवाद संशोधन नभएसम्म काठमाडौँका कुनै पनि हलमा हिन्दी फिल्म चल्न नदिने बताएका थिए।

आइतबार (हिजो) मात्रै बालेनले ‘नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन,’ भन्दै उक्त संवाद नहटाएसम्म काठमाडौँका हलमा सोमबार (आज)देखि कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन्।

प्रकाशित: ४ असार २०८० ६:४८ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast