आज सबै प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी र पहिरोबाट सचेत रहन आग्रह

हिमाल प्रेस ८ असार २०८० ६:२९ | Friday, June 23, 2023
आज सबै प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी र पहिरोबाट सचेत रहन आग्रह फाइल तस्बिर।

काठमाडौँ– शुक्रबार (आज) देशका सबै प्रदेशका अधिकांश स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको छ।

पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जसको प्रभावले मौसममा यस्तो बदलीदेखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै कोशी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति सातै प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको पनि सम्भावना रहेको छ। मनसुन प्रभावका कारण भारी वर्षा भएसँगै बाढी र पहिरोको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।

प्रकाशित: ८ असार २०८० ६:२९ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast