आज प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रालयको बजेटमाथि छलफल हुने

हिमाल प्रेस ३ असार २०८० ६:५१ | Sunday, June 18, 2023
आज प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रालयको बजेटमाथि छलफल हुने फाइल तस्बिर।

काठमाडौँ– आइतबार (आज) प्रतिनिधिसभा बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो।

बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुने कार्यसूची छ।

जसमा संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।

बैठकमा लीलानाथ श्रेष्ठ र प्रेम सुवालले संघीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालय शीर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्ने तयारी छ।

प्रकाशित: ३ असार २०८० ६:५१ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast