आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा हुने, तराईमा गर्मी यथावत

हिमाल प्रेस ३१ जेठ २०८० ६:२६ | Wednesday, June 14, 2023
आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा हुने, तराईमा गर्मी यथावत

काठमाडौँ– बुधबार (आज) कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ।

हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

वर्षा भए पनि तराईका अधिकांश स्थानमा तापक्रम यथावत रहने महाशाखाको भनाइ छ।

प्रकाशित: ३१ जेठ २०८० ६:२६ | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast