 
                             
                                            काठमाडौँ- ‘आइएमई पे’बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा १ हजार रुपैयाँ क्यासब्याक पाइने भएको छ। आइएमई पे सञ्चालक कम्पनीले आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा रकमको शून्य दशमलव ५ प्रतिशत वा १ हजार रुपैयाँसम्म क्यासब्याकको अफर ल्याएको हो।
अफर गत वैशाख १४ देखि नै लागू भइसकेको छ। आगामी साउन ३१ गतेसम्म अवधि रहेको अफरमा ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरबाटै तिर्न सक्नेछन्।
                            प्रकाशित: २४ जेठ  २०८० २०:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 