काठमाडाैँ- अस्ट्रेलियाको तस्मानियामा ‘हेरिटेज अफ फेसन’ सम्पन्न भएको छ। आसाप इन्टरटेनमेन्टले थिएटर रोयलमा शो आयोजना गरेको थियो। शो नेपाली समुदायको पहिलो कार्यक्रममा रहेको आयोजक संस्थाका सन्तोष अधिकारीले बताए।
‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको कार्यक्रममा नेपालसहित अन्य देशका कलाकार तथा मोडलको सहभागिता थियो। नेपाली फेसन डिजाइनरले तयार पारेका पहिरनमा मोडल र्याम्पमा उत्रिएका थिए।
प्रकाशित: ११ असार २०८० १५:४७ | Monday, June 26, 2023
प्रतिक्रिया



