असार १५ देखि डिशहोममा ‘प्रेम गीत ३’ प्रसारण हुने

हिमाल प्रेस १३ असार २०८० १६:४६ | Wednesday, June 28, 2023
असार १५ देखि डिशहोममा ‘प्रेम गीत ३’ प्रसारण हुने

काठमाडौँ- फिल्म ‘प्रेम गीत ३’ डिशहोम सिनेमाघरमा प्रसारण हुने भएको छ। असार १५ गतेदेखि डिशहोम सिनेमाघर च्यानल नं‍ १०८ मा प्रदर्शन हुन लागेको हो। फिल्मको दैनिक ८ शो प्रदर्शन हुने डिशहोमले जानकारी दिएको छ।

प्रत्येक शो को शुल्क ३ सय २५ रुपैयाँ तोकिएको छ। शो बिहान १, ४, ७, १० बजे दिउँसो १ र ४ बजे साँझ ७ र राति १० बजे प्रसारण हुनेछ। साथै फिल्म डिशहोमको ‘एक्सभिओडी’मा पनि उपलब्ध हुनेछ। ‘एक्सभिओडी’मा उपलब्ध भएपछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने बताइएको छ।

यसअघि डिशहोमले वर्षभर प्रदर्शन भएको नेपाली फिल्महरू सिनेमाघर च्यानलमा प्रसारण गरिने जानकारी गराएको थियो। विभिन्न कारणले ‘फिल्म हलमै गएर हेर्न नभ्याएकाहरूलाई लक्षित गर्दै फिल्म डिशहोममा प्रसारण गर्न थालिएको हो।

प्रकाशित: १३ असार २०८० १६:४६ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast