‘अल–इलेक्ट्रिक क्रसओभर ओरा थ्री’को नेपालमा बुकिङ खुला

हिमाल प्रेस ३१ जेठ २०८० १९:५२ | Wednesday, June 14, 2023
‘अल–इलेक्ट्रिक क्रसओभर ओरा थ्री’को नेपालमा बुकिङ खुला

काठमाडौँ- जीडब्ल्यूएमको विद्युतीय गाडी ‘अल– इलेक्ट्रिक क्रसओभर ओरा थ्री’को नेपालमा बुकिङ खुला गरिएको छ। नेपालका लागि आधिकारिक विक्रेता जीडब्ल्यूएम नेपालले गाडीको बुकिङ ४७ लाख ४९ हजार रुपैयाँमा सुरु गरेको हो।

यसअघि उक्त गाडी चीन, थाइल्यान्ड, मलेसिया, बेलायत, जर्मनी अस्ट्रेलिया र न्यूजील्यान्डलगायतका देशमा उक्त गाडीका विभिन्न मोडल बिक्री गरिएका छन्।

उक्त देशहरूमा सो ‘अल– इलेक्ट्रिक क्रसओभर ओरा थ्री’का गुडक्याट, फन्कीक्याट र ओआरएलगायत मोडल यसअघि नै बिक्री सुरु गरिएका कम्पनीको भनाइ छ। सो गाडीका विश्वभर १ लाख ५० हजार ग्राहक रहेका कम्पनीको दाबी छ।

नेपालमा, ओरा थ्री एउटा भेरियन्ट ‘प्रो’मा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। उक्त भेरियन्टको गाडी ४७.७८ किलोवाटको लिथियम आइरन फस्फेट ब्याट्री क्षमताको छ।

ओरा थ्रीमा ९९ किलोवाटको पीक पावर र २१० एनएम टर्क भएको स्थायी चुम्बकीय सिंक्रोनस इलेक्ट्रिक मोटरले सहर र राजमार्गको सवारीलाई उपयुक्त बनाउने कम्पनीको भनाइ छ।

प्रकाशित: ३१ जेठ २०८० १९:५२ | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast