अलिबाबाका संस्थापक ‘ज्याक मा’ काठमाडौँमा, दूतावासले भन्यो- कार्यक्रम तालिका जानकारी छैन

हिमाल प्रेस १२ असार २०८० १६:२२ | Tuesday, June 27, 2023
अलिबाबाका संस्थापक ‘ज्याक मा’ काठमाडौँमा, दूतावासले भन्यो- कार्यक्रम तालिका जानकारी छैन

काठमाडौँ- चिनियाँ व्यवसायी ज्याक मा मंगलबार दिउँसो काठमाडौँ आइपुगेका छन्। उनी निजी जेटमा दिउँसो २ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ।

नेपालमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गर्ने बताइएको छ। काठमाडौँस्थित चिनियाँ दूतावासका एक अधिकारीले उनी काठमाडौँ आइपुगेको जानकारी दूतावासलाई रहेको तर किन नेपाल आए र उनको कार्यक्रम केके छ भन्नेबारे जानकारी नभएको बताए।

‘यो उनको निजी भ्रमण हो। हामीसँग अन्य कुनै जानकारी छैन,’दूतावासका अधिकारीले हिमाल प्रेससँग भने।

उनी ६ जनाको टोलीसहित नेपाल आएका हुन्। टोलीका सदस्यलाई १५ दिने भिसा दिइएको अध्यागमन विभागका सूचना अधिकारी भेषराज भुसालले हिमाल प्रेसलाई जानकारी दिए। ‘उनी चार्टर्ड विमानमार्फत बंगलादेशबाट काठमाडौँ आएका हुन्।’

मा जापानबाट बंगलादेश र बंगलादेशबाट नेपाल आएका हुन्। अक्टोबर २०२० मा चिनियाँ सरकारको आलोचना गरेदेखि उनी सार्वजनिक कार्यक्रममा कमै देखिने गरेका छन्। पछिल्लो समय उनले आफ्ना अधिकांश व्यवसायिक कामहरू जापानबाटै गर्दै आएका छन्।

प्रकाशित: १२ असार २०८० १६:२२ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast