फाइल तस्बिर।
काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठक सोमबार बस्दैछ। बैठक आज बिहान १० बजेबाट सिंहदरबारमा बस्ने भएको हो। बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ।
यस्तै आज नै राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ। बैठक आज ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा एकीकृत निर्वाचन कानुन तर्जुमा सम्बन्धमा, जिल्ला निर्वाचन कार्यालय खारेजीको सम्बन्धमा छलफल हुने कार्यसूची छ। बैठकमा निर्वाचन आयोगको धारणाका विषयमा र निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारको विषयमा पनि छलफल हुने छ।
प्रकाशित: २९ जेठ २०८० ९:२६ | Monday, June 12, 2023
प्रतिक्रिया




