अमेरिकामा गर्मीका कारण १७ जनाको मृत्यु

हिमाल प्रेस १४ असार २०८० १९:४३ | Thursday, June 29, 2023
अमेरिकामा गर्मीका कारण १७ जनाको मृत्यु

ह्युस्टन- अमेरिकाको दक्षिणी क्षेत्रमा फैलिएको तातो हावाका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ। वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा. कोरिन स्टर्नका अनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ।

‘यस्तो गर्मी हामीले यहाँ पहिले कहिल्यै अनुभव गरेका थिएनौं,’ स्टर्नले भने, ‘तापको प्रकोपबाट हुने मृत्युलाई दुर्घटनाका रूपमा लिइन्छ, र दुर्घटना, परिभाषाअनुसार, रोकथाम गर्न सकिने मृत्यु हुन्। यी सबै मृत्युलाई रोक्न सकिन्थ्यो।’

यसैगरी फ्लोरिडाका १४ वर्षीय युवकको टेक्सासको बिग बेन्ड नेसनल पार्कमा शुक्रबार गर्मीका कारण मृत्यु भएको छ। त्यहाँको तापक्रम ११९ डिग्री फरेनहाइट (४८ डिग्री सेल्सियस) पुगेको थियो।

यसैगरी अन्य पीडितमा उत्तरी टेक्सासका १७ वर्षीय पदयात्री, पूर्वी टेक्सासका युटिलिटी लाइनम्यान, डलासका हुलाक कर्मचारी र लुइसियानाको तटीय राज्यका दुई जना बासिन्दा रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

टेक्सास ट्रिब्युनका अनुसार टेक्सासमा गर्मीको लहर आएदेखि ३० वर्षका दुई जना पुरुषसहित कम्तीमा ९ जना कैदीको मृत्यु भएको छ। रासस/सिन्ह्वा

प्रकाशित: १४ असार २०८० १९:४३ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast