अब एयरपोर्ट-तीनकुने सडकमा पनि ‘राडर गन’

हिमाल प्रेस ११ असार २०८० २१:३० | Monday, June 26, 2023
अब एयरपोर्ट-तीनकुने सडकमा पनि ‘राडर गन’

काठमाडौँ- एयरपोर्ट-तीनकुने सडकमा अनियन्त्रित सवारी चलाउनेहरूलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले हिजोआज ‘राडर गन’को प्रयोग गर्न थालेको छ। तीव्र गतिले निम्त्याउने सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीले उक्त क्षेत्रमा सो प्रविधि सुरु गरेको हो।

एयरपोर्ट-तीनकुने सडकमा यातायात व्यवस्था विभागले तोकेको गतिभन्दा बढी सवारी कुदाउनेलाई कारबाही थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ‘राडर गन’को प्रयोगपछि एयरपोर्ट-तीनकुने सडकमा तोकिएको मापदण्ड भन्दाबढी गतिमा सवारी चलाउने दैनिक २० देखि २५ सवारी चालक कारबाहीमा पर्ने गरेको एयरपोर्ट ट्राफिक पोष्टका प्रमुख शेरसिंह धामीले जानकारी दिए। उनका अनुसार जसमा मोटरसाइकल बढी छन्।

चारपाङ्ग्रेमा मिनिट्रकले तीव्र गतिमा गुडाउने गरेको भेटिएको छ। ट्राफिक प्रहरीले पहिलो चरणमा तीव्र गतिमा सवारी चलाउने चालकलाई एक सय जरिबाना गर्ने गरेको छ। राडर गनको ट्रिगरलाई औँलाले दबाएपछि त्यसको विकीरण सडकमा गुडिरहेको सवारीमा पर्ने तथा कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउने गरेको प्रमुख धामीले बताए।

प्रकाशित: ११ असार २०८० २१:३० | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast