अप्ठ्यारो पर्दा स्काउटको भूमिका उल्लेख्य छ : पूर्वराष्ट्रपति भण्डारी

हिमाल प्रेस ५ असार २०८० १६:२८ | Tuesday, June 20, 2023
अप्ठ्यारो पर्दा स्काउटको भूमिका उल्लेख्य छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अप्ठेरो पर्दा नेपाल स्काउटले खेलेको भूमिकाको प्रशंसा गरेकी छन्।

मंगलबार काठमाडौंमा स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले कोरोना महामारी देखि प्राकृतिक बिपत्तीमा स्काउले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरेकी हुन्।

उनले कोरोना महामारीका बेला चिकित्सक परामर्श सेवा, क्यारेन्टीन निर्माण र शव व्यवस्थापनमा समेत गरेको सहयोगप्रति सम्मान व्यक्त गरिन्।

सातै प्रदेशमा दक्ष विपद् व्यवस्थापन टोली गठन भई विपद् प्रतिकार्यमा परिचालन भएको जानकारी पाउँदा खुसी लागेको पनि बताइन्।

प्रकाशित: ५ असार २०८० १६:२८ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast