अन्तर्राष्ट्रिय बास्केटबल : नेपालसँग पाकिस्तान पराजित

हिमाल प्रेस ३२ जेठ २०८० २२:३३ | Thursday, June 15, 2023
अन्तर्राष्ट्रिय बास्केटबल : नेपालसँग पाकिस्तान पराजित

काठमाडौँ- फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिपमा नेपालले बिहीबार पाकिस्तानलाई हराएको छ। माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गरेको हो।

नेपाल हाफ टाइममा ३३–२८ ले पछि परेको थियो। तर आखिरमा भने नेपाल विजयी भयो। पाँच टिम सहभागी यो प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा भुटानसँग ६१–५५ ले हारेको थियो।

नेपालले अब लिग चरणको तेस्रो खेलमा आइतबार बंगलादेश र अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ। लिग चरण सकिँदा शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्। पाकिस्तामाथिको जितले नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना जीवित भएको छ।

सन् १९७० र ८० को दशकमा लगातार एफआईबीए एसिया कप खेल्ने गरेको पाकिस्तान पछिल्लो समय दक्षिण एसियाली बास्केटबलमै कमजोर बनेको छ। सन् २०१३ बाट २०१५ सम्म विश्व बास्केटबल नियामक संस्था एफआईबीएको प्रतिबन्धमा परेको पाकिस्तान सात वर्षपछि अन्तर्राष्ट्रिय बास्केटबलमा फर्किएको हो।

प्रकाशित: ३२ जेठ २०८० २२:३३ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast