अनिल केशरी शाह रास्वपा प्रवेश

हिमाल प्रेस ७ असार २०८० ११:३६ | Thursday, June 22, 2023
अनिल केशरी शाह रास्वपा प्रवेश

काठमाडौँ– अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा पार्टी कार्यालय बालाजुमा बिहीबार आयोजित कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन्।

उनलाई सभापति रवि लामिछानेले पार्टीमा स्वागत गरे। शाहले रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। उनीसँग बैंकिङ क्षेत्रमा लामो समय काम गरेको अनुभव छ।

अनिल केशरी भीरकोटे राजा तारकबहादुर र रानी मदन दिव्येश्वरी शाहका नाति हुन्। उनकी आमा नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाह हुन्। उनले तत्कालीन ग्रिन्डलेज (हाल स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा सहायक तहबाट जागिर सुरु गरेका थिए।

स्ट्यान्डर्ड चार्टर्ड छाडेर नबिल बैंकको महाप्रबन्धक भएका उनी महाप्रबन्धक भएको एक वर्षपछि सोही बैंकको सीईओ बनेका थिए। नबिललाई ‘नम्बर वान’ बैंक बनाएको जस शाहलाई जान्छ। त्यसपछि उनी मेगा बैंकको सीईओ हुन पुगेका थिए। आठ वर्षमा मेगालाई स्थापित बनाएपछि उनी फेरि नबिलमै फर्किएका थिए।

प्रकाशित: ७ असार २०८० ११:३६ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast