 
                             
                                            काठमाडौँ- सामुदायिक विद्यालय कर्मचारीको आन्दोलनमा एक्यबद्धता जनाउँदै संघीय सांसद योगेन्द्र मण्डलले अनसनमा बसेका कर्मचारीलाई खाजा नास्ताको पैसा सहयोग गरेका छन्।बिहीबार नेपाल विद्यालय कर्मचारी परिषद् रिले अनसनको २०औं दिनमा काठमाडौँको माइतीघर मण्डलमा उपस्थित भई मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित स्वतन्त्र सांसद मण्डलले खाजा नास्ताको लागि २९ हजार सहयोग गरेका हुन्।
सांसद मण्डलले आफूले संसदमा विद्यालय कर्मचारीको आवाज उठाइरहेको र सरकारले माग सम्बोधन गर्नुपर्ने बताए। उनले भने,‘विद्यालय कर्मचारीको माग अर्थ मन्त्रीले सुन्नुपर्छ। बजेट छैन भन्नुभएको छ। हामीले संसद्मा तपाईंहरूको हकहितको लागि आवाज उठाइरहेका छौँ। तपाईहरूको अभियान सफल हुनेछ भन्ने विश्वास छ।’
सामुदायिक विद्यालयका कर्मचारीहरू जेठ २० गतेदेखि निरन्तर आन्दोलनमा छन्। आन्दोलनरत विद्यालय कर्मचारीलाई सरकारले वार्ताका लागि बोलाएपनि कर्मचारीक प्रतिनिधि सहित शिक्षा, अर्थ र संघीय मामिला मन्त्रालयका प्रतिनिधिबीचको वार्ता निश्कर्षमा पुग्न सकेको छैन। सरकारले वार्ता टोलिको प्रतिवेदनको आधारमा निर्णय लिने यस अघि नै जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 