अतिक्रमित संरचनामा भरतपुर महानगरको डोजर

हिमाल प्रेस २१ जेठ २०८० १०:०९ | Sunday, June 4, 2023
अतिक्रमित संरचनामा भरतपुर महानगरको डोजर फाइल तस्बिर। हिमाल प्रेस

भरतपुर– भरतपुर महानगरपालिकाले वडा १० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचनाान आइतबार (आज) बिहान डोजर लगाएको छ। महानगरले वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा ३५ टहरा हटाएको हो।

गत दसैंयता यहाँ अस्थायी निर्माण गरी व्यापार- व्यवसाय गरिँदै आएको थियो। पटक पटक सूचना जारी गरी हट्न आग्रह गर्दासमेत अटेर गरेपछि डोजर लगाएर संरचना भत्काइएको वडाध्यक्ष खनालले जानकारी दिए।

यसैगरी हाकिमचोकबाट क्यान्सर अस्पतालतर्फ जाने बाटोको दुवैतर्फ अतिक्रमित १२ संरचना भत्काउन ३५ दिने सूचना जारी गरिएको छ। सूचनाको मिति सकिँदासमेत कसैले नभत्काएकाले आज ७ दिनको सूचना जारी गरी अटेर गरेमा भत्काइने उनको भनाइ छ।

‘अन्य क्षेत्रमा पनि अतिक्रमण भएका संरचनालाई भत्काइने छ,’ उनले भने।

वडा १० भित्रका विद्यालय, अस्पताल, फलफूल पसल, सुपरमार्केट, मासु पसललगायतमा अनुगमनलाई तीव्रता दिइएको छ। वडाध्यक्ष खनालको नेतृत्वमा अनुगमनका क्रममा भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रिएको सामग्री भेटिएको, वैष्णव मिष्ठान्न भण्डारमा एउटै तेल पटकपटक प्रयोग गरिएको पाइएको उनले जानकारी दिए।

यस्तै ४ मासु पसलमा अनुगमन गर्दा दीपेन्द्र चोकको सन्तोष मासु पसलको फ्रिजमा कुहिएको मासु भेटिएको, वीरेन्द्र क्याम्पस गेटअगाडिको जुस पसलमा आँप पकाउन अखाद्य वस्तु प्रयोग गरिएको पाइएको उनले बताए।

यस्तै चितवन मावि र भरतपुर माविमा गरिएको अनुगमनमा शिक्षक ढिला कक्षामा जाँदा विद्यार्थी हल्ला गरेको पाइएपछि समयमा विद्यालय नआउने र ढिलो कक्षामा जाने शिक्षकलाई कारबाही गर्न उनले प्रधानाध्यापकलाई निर्देशन दिएका छन्।

भरतपुर अस्पतालको अनुगमन गरी गुनासा सम्बोधन गर्न अस्पताल विकास समिति र प्रशासनलाई उनले आग्रह गरेका छन्। -रासस

प्रकाशित: २१ जेठ २०८० १०:०९ | Sunday, June 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast