काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालय (मपवि) उपकुलपति नन्दबहादुर सिंह सहितको टोलिले विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेतमा अनुगमन गरेको छ। विश्वविद्यालयले क्याम्पसको पठनपाठन र शैक्षिक सेवा प्रवाहको विषयमा अनुगमन गरेको हो।
अनुगमना क्रममा विश्वविद्यालयका उपकुलपति सिंहले क्याम्सका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले समस्या तथा गुनासाहरू लिने र समस्याको सम्बोधन गरेका थिए।
अनुगमन पछिको अन्तरक्रिया कार्यक्रममा पन्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारीले गरिब, असहाय र अनाथ विद्यार्थीलाई छात्रवृति प्रदान गर्न आफूले प्राप्त गर्ने सेवा सुविधाबाट वार्षिक १ लाख गरी जम्मा कार्यकाल अवधिको ५ लाख विद्यापुर जनता बहुमुखी क्याम्पसलाई अक्षयकोष स्थापना गर्न प्रदान गर्ने घोषणा गरेका छन्।
विद्यापुर जनता बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सचिव जनक विष्टले क्याम्पसमा अक्षय कोष निर्माणका लागी ५० हजार सहयोग गर्ने घोषणा गरेका छन्। क्याम्पसको छात्रवृति कोषका लागि विद्यापुर जनता बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख डिल्ली राम भण्डारीले १ लाख र समाजसेवी हेमप्रकाश भुसालले १ लाख १ हजार ११५ रुपैया सहयोग गरिसकेका छन्।
उपकुलपति सिंह सहतिको टोलिले क्याम्पसको भवन, कक्षाकोठा, छात्रावास, क्यान्टिन, लाइब्रेरी, खेल मैदान, शौचालय लगायत समग्र क्याम्पसको अवस्था बारे अनुगमन गरेका थिए।
अनुगमनमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायण प्रसाद पौडेल, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्राडा चन्द्र प्रसाद रिजाल र पन्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारी थिए।