प्रदेश र स्थानीय तहलाई ४ खर्ब, कुनलाई कति?

हिमाल प्रेस १६ जेठ २०८० १५:५३
54
SHARES
प्रदेश र स्थानीय तहलाई ४ खर्ब, कुनलाई कति? अर्थ मन्त्रालय

काठमाडौँ- सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणका लागि ४ खर्ब ८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यो बजेट सात वटा प्रदेश र ७५३ वटा स्थानीय सरकारमा जानेछ। सरकारले स्थानीय तहलाई २ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ छुट्याएको छ।

सात वटा प्रदेशलाई भने १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख विनियोजन गरेको छ।  संघले प्रदेश र स्थानीय सरकारलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत समानीकरण, स:सर्त, विशेष र समपूरक अनुदान दिन्छ। यो रकम सोही अनुदानमार्फत तल्लो तहका सरकारमा जानेछ।

प्रकाशित: १६ जेठ २०८० १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =