खेलाडीलाई सहुलियतमा कर्जा दिइने

हिमाल प्रेस १५ जेठ २०८० १८:३४
खेलाडीलाई सहुलियतमा कर्जा दिइने

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा खेलाडीलाई सहुलियतमा कर्जा दिने भएको छ। सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत अर्थमन्त्री प्रकाशशरण महतले उक्त घोषणा गरेका हुन्। स्वरोजगार बन्न चाहने खेलाडीलाई युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको मन्त्री महतले बताए।

राष्ट्रिय युवा परिषद्मार्फत विकास निर्माण तथा समाजसेवा युवा स्वयंसेवक परिचालन गरिने पनि उनले बताए। साथै त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने पनि उनले बताए।

साथै मूलपानी क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने, विराटनगरको गिरिजाप्रसाद क्रिकेट स्टेडियम, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फप्ला क्रिकेट रंगशालालगाउतलाई पनि अघि बढाउने बजेट वक्तव्यमा उललेख छ।

प्रकाशित: १५ जेठ २०८० १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast