मैले देउवाको अनुहारमा लागेको दाग पुछेर मात्रै हुँदैन

डा. मिनेन्द्र रिजाल १५ जेठ २०८० २०:०२
1.8k
SHARES
मैले देउवाको अनुहारमा लागेको दाग पुछेर मात्रै हुँदैन

हामी यसपालिको गणतन्त्र दिवस मनाउने क्रममा मनमा धेरै कुराको तुवाँलो बोकेर बसेका छौँ। सबै जातजाति, भाषाभाषीको समृद्धिको यात्रामा संविधान लेखिएको हो। यो यात्राले बाटो समाते पनि अगाडि बढ्यो कि बढेन? जुन बाटोमा हिड्नुपर्ने थियो, त्यो हुन सक्यो कि सकेन? त्यो एकछिनमा बहस गरौँला।

इटहरीमा राम्रो कार्यक्रम गर्छौँ भनेर साथीहरूले निम्ता गर्नुभयो। गणतन्त्र दिवसभन्दा पनि कांग्रेसबारे बहस गरौँला भन्ने थियो। तर लोकप्रियतावादको लहडका बीच अबको कांग्रेसको यात्रा शीर्षक देखिएपछि अर्को तरंग पैदा भयो।

पहिला सुनसरीतर्फ जाऔँ। म मोरङको मान्छे भएकाले स्वीकारोक्ति पनि हुन्छ। सुनसरी भनेपछि हामी मोरङले हीरासरी भन्ने खालको प्रवृत्ति लामो समयदेखि छ। नेविसंघमा काम गर्दा राजीव, विकासहरूसँग घनिष्ठता बढ्यो।

म विराटनगर आएका बेला एउटाभन्दा बढी क्षेत्रमा चुनाव प्रचारमा पनि गएको छु। तर म केही समयदेखि सुनसरीसँगको दूरीमा थिएँ। दूरीको कुरा गर्दा पार्टीमा भ्रम सिर्जना हुन्छ। मलाई थाहा छ, सुनसरीको राजनीतिमा गुणात्मक परिवर्तन भएको छ।

लोकप्रियतावादको लहड भन्दा झट्ट अहिलेका पार्टीको राजनीतिमा सबै चिज भताभुंग नपारेसम्म केही हुँदैन कि भन्ने छ। केही नगरे पनि चल्छ भन्ने सोचाइ पनि छ। यो बहसको उद्देश्य एउटा पक्षलाई होच्याउने र अर्को पक्षलाई उक्साउने होइन।

लोकप्रियतावाद भन्ने कि नभन्ने भन्दा पनि मैले यसलाई नयाँ प्रयोग गर्दै आएको छु। लोकप्रियता नेता र समाजले आर्जन गर्ने हो। तर लोकप्रियता कतातिर के भन्ने वा लोकरिझ्याइँको भन्ने पो हो कि? अहिले उठिरहेको लोकप्रियतावादमा पपुलर र पपुलिजम फरक कुरा हुन्। हरेक मानिसलाई राजनीतिमा पपुलर हुने चाहना हुन्छ। तर पपुलिजमा हुनु भनेको लोकप्रियतावादमा रम्नु मात्रै हो।

तस्बिर : विवेक विवश रेग्मी

प्रसिद्ध लेखकहरूले लोकप्रियतावाद प्रयोग गर्दैनन्। लोकतन्त्रवादी सरकारहरू बिस्तारै विस्थापित हुने खतरा निर्माण भरहेको छ। लोकतन्त्र खतरा छ भन्ने क्रमको विकास पनि भइरहेको छ। डोनाल्ड ट्रम्प चुनाव जितेर आए, अमेरिकी अर्थतन्त्र हेर्दा नवउदारवाद आयो। उनीहरू बजार हस्तक्षेप गर्न उन्मुख भएनन्।

बजारलाई राज्यले हस्तक्षेप गर्न हुँदैन भन्ने कुरा हो। सरकारले केही चिजमा हस्तक्षेप गर्नुहुँदैन भन्ने कुरा र राज्य धनाढ्यको पक्षमा मात्रै केन्द्रित हुनुहुँदैन।

अब लोकप्रियतावाद शब्दको उत्पत्तिबारे कुरा गर्छु। हामीलाई भन्न अप्ठ्यारो लागे पनि छिमेकी मुलुक भारतमा मोदीको शासन नौ वर्षदेखि चलेको छ। उत्तरतर्फको छिमेकी चीनमा सी चिनफिङको सरकार निरन्तर छ। यो लोकप्रियता हो। अरू कुरा बिर्सेर चुनाव जितेर सत्तामा पुग्ने लोकप्रियतावादको राजनीति छ।

हामीकहाँ मात्रै होइन, दुनियाँभरि लोकप्रियतावादको राजनीति छ। हाम्रो कन्टेक्समा भन्ने हो भने केपी ओलीका अरिँगालहरू लोकप्रियतावादमा छन्। मैले अस्ति चुनावपछाडि वर्तमान प्रधानमन्त्रीसँग कुरा गरेँ। प्रचण्डजी ०६४ सालमा १२० सिट ठाउँमा चुनाव जित्नुभयो। त्यसबेला तपाईंको पार्टीले जितेको सिट कांग्रेस र एमालेको भन्दा बढी थियो। तपाईँलाई राष्ट्रनायक भनियो। अहिले तपाईं निरन्तर ओरालोको बाटोमा हुनुहुन्छ, के अहिले पनि तपाईँ राष्ट्रनायक प्रचण्ड नै हो त? म त टिकट नपाएर एक ठाउँमा खुम्चिएर बसेको मान्छे हुँ।

अझ आज त्यो भन्दा चर्को त रवि लामिछानेको अरिंगालको गोलोमा परिरहेको छ। मैले कसैको राजनीति तल पार्न खोजिरहेको छैन। आफ्नो मात्रै विचार बोकेर बसेको मानिस अर्को दलको विचार स्वीकार्न तयार छैन। हाम्रै पार्टीमा गुट-उपगुट छ। गुट-उपगुट भन्दा चित्त नबुझे, समूह, उपसमूह छ। मैले फेसबुकमा केही लेखेँ भने मेरै समूहको साथीले पनि अझै सबक सिकेको छैन भन्ने हुन्छ। हामीकहाँ पनि अरिँगालको गोलो त छ।

महामन्त्रीमा पराजित भएको कुण्ठा सकिएको छैन भन्छन् कतिपय साथीहरूले। अघिल्लो पटक चुनाव जित्दा यसपटक चुनाव लड्न पाइनस् भन्ने कुरा पनि गर्छन्। मलाई कसैप्रति रिसराग छैन, जसले बोलाए त्यसबेला चुनावमा गएर बोलेँ। मेरै क्षेत्रमा बोलाइएन, म गइनँ। नबोलाएको ठाउँमा जानु हुँदैन। मेरो क्षेत्रमा म नजाओस् जस्तो गरियो, त्यसैले गइनँ।

महाधिवेशन भएको १७ महिनापछि सभापतिज्यूले केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ। अलिक अघि एउटा टेलिभिजनको अन्तर्वार्तामा तपाईँले टिकट नपाउँदा दुख्यो कि दुखेन भनेर सोधियो। मैले त्यसबेला भनेको थिएँ, दुख्यो।

मेरा लागि अहिले एउटा चिन्तन, मनन र अध्ययन गर्ने समय भएको छ। अहिले म सांसद भएको भए बजेट अधिवेशनमा व्यस्त भइन्थ्यो। तपाईँहरूसँग यसरी विचार साट्न पाइन्नथ्यो। यी सबैबाट उन्मुक्त भएँ।

अहिले हामी बिहान उठेदेखि नै फेसबुक, ट्विटर, म्यासेन्जर, टिकटक, इन्स्ट्राग्राम र भाइबरमा अलमलिरहेका छौँ। एउटाले गरेको कुरा चित्त बुझ्दैन। चित्त नबुझ्दा आलोचना गरिहाल्ने। यो क्रम चलिरहन्छ। हाम्रो दिनचर्या यही हो। बेलुका फेसबुक हेर्नेमात्र गरिरहेका छौँ। समाचार सुन्ने भन्दा सामाजिक सञ्जालमै चर्को कुरा गरेको हेर्ने बानीको विकास भइरहेको छ।

अहिले इन्टरनेटको दुनियाँमा तपाईंको जिउमा मेरो टाउको हालिदिन्छन्। बोल्दै नबोलेको कुरा फोटो र भिडियो बनाएर गरेर फेक भिडियो बनाउनेतर्फ समाज उन्मुख भइरहेको छ।

म प्रायजसोः कार्यक्रममा यही बोल्छु भनेर आउँदिनँ। तपाईंहरूको कुरा सुनेर विचार निर्माण गर्ने गरेको छु। आज मोबाइलसँग जति स्मरणशक्ति छ, यसले पनि प्रविधिको विकास भइरहेको छ।

हामीलाई आजको दिनमा तत्कालको कुरा आवश्यक छ। मेस्सीको जस्तो आनन्दको जीवन अहिल्यै चाहियो, पर्खिने कुरै छैन। हामीले त्यो चाहिरहेका छौँ। आज किताब पढेर होइन, किताबका पन्ना पल्टाएर विचार निर्माण गरिरहेका छौँ। हामी ध्रुवध्रुवमा विभाजित भइरहेका छौँ। आफ्नो मात्रै सोच बनाएका मानिस पृथक विचार सुन्न तयार हुँदैनौँ। हामीले अरूको पनि विचारलाई कदर गर्न सक्नुपर्छ। आज मोदी र सी चिनफिङको विचारतर्फ मात्रै त्यहाँका नागरिक उन्मुख भइरहेका छन्।

राजनीतिमा मात्रै होइन। घर, परिवार र समाज कस्तो विचारले निर्माण भइरहेको छ, आफूले सिकेको ज्ञानबाट सिर्जना गरेको विचारले मेरो भन्दा फरक विचारको मान्छेलाई पनि स्वीकार्न सक्नुपर्छ।

लोकप्रियतावाद भनेको म भन्दा अरू छैनन् र मेरो विचारका मात्रै मान्छे छन् भन्ने बुझाइ छ। हामीले आफूभन्दा फरक विचार भएको मान्छे छन् भन्ने बिर्सिँदै गएका छौँ। अवसरको कुरा गर्ने हो भने क्यान्सरको विभिन्न स्टेजमा पनि उपचार भइरहेको छ।

एक अध्ययनअनुसार हरेक पाँच घण्टामा मान्छेको औसत आयु एक घण्टा बढिरहेको छ। अब प्रविधिको विकासले मान्छेभन्दा मेसिनले धेरै पढ्ने कुरा धेरै दिन पर्खिनु पर्दैन। के चिज सहज र के चिज गाह्रो हुन्छ थाहा छैन। तुरुन्तै चाहियो भन्ने भावनाले दुनियाँको सभ्यतामै चुनौती छ।

कुनै बेला विश्वास, आस्था र पृथ्वी मुख्य कुरा भन्ने थियो। भगवान्‌ले तोकेको बाटो हिँड्ने विचार थियो। पृथ्वीका वरिपरि सूर्यले छेक्छ। किन दिन र रात भइरहेको छ? कारणको खोजी गरौंँ। विश्वास र आस्थाको खोजी हुँदै जाँदा आज मान्छे कारणको खोजीमा चन्द्रमा पुग्यो। कम्प्युटरलाई हराउन सक्ने गरी कोही मान्छे जन्मिएको छैन। यी सबै सम्भावनासँग हाम्रो देश पनि जोडिँदैछ।

देशमा सडक बनेन भन्ने सवाल उठिरहेको छ। अर्को विचार सुन्नै हुँदैन भन्ने चुनौती छ। यो लोकप्रियतावादको जमानामा रवि लामिछानेको घण्टीले बजाएको भाव कसरी बुझ्ने हामीले हाम्रो ठाउँमा? माथिदेखि तलका सबै नेतामा दाग लागेको छ। मैले शेरबहादुर देउवाको अनुहारमा लागेको दाग र घरको ऐना पुछेर मात्रै हुँदैन।

विकासका सम्भावना थुप्रै छन्। सबै सिद्वान्त र आदर्शका कुरा गरे पनि बीपीले जन्माएको कांग्रेस जोगाउन र नेपाली कांग्रेसको योगदानलाई सम्झिन आवश्यक छ। हामीले जनताले चाहेको जस्तो गर्न सकेनौँ होला, तर कुनै मानकमा हामीले शिर निहुराउन परेको छैन।

भुटानी शरणार्थीमा जेजति कुरा र मुद्दा आएका छन्। दोषी कोहो अदालतले छुट्याउला। तर आममानिसको मनमा यति ठूलो मान्छेले कसरी यस्तो गर्न सक्ला भन्ने निराशा छाएको छ।

रेशम चौधरीको विषयमा बाटो के हो त? हामी कहीँ न कहीँ एउटा विचारका छैनौँ। कांग्रेस विचार हो, हरेक एउटा व्यक्तिको विचार फरक हुन्छ। हरेक मानिस पृथक छ। म भन्दा पृथक विचारको अस्तित्व स्वीकार गर्न सक्नुपर्छ। एउटा थारूको छोरा समाजले सिर्जना गरेको कुरा हामीले स्वीकार्नुपर्छ। तर हतियारको प्रयोग नेपाली समाजले स्वीकार गर्ने कि नगर्ने? आज आममाफी दिनु ठिक कि बेठिक बहस आवश्यक छ। आममाफीभित्र हिंसाको राजनीति हुँदैन। आज सम्भावना बोकेर हिँडेको मानिस समावेशी रूपमा हिँडिरहेका छौँ।

हरेक दुइटा मानिसको विचारमा भिन्नता आउँछ। बीचमा समन्वय गर्नुपर्छ। एउटा महिला पुरुषसँग प्रतिस्पर्धा गर्न नसक्ने समाज कसरी बराबरीमा उभिन सक्छ? यो प्रश्न एकातिर छ। आज गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा मात्रै भएन। समावेशी संघीय गणतान्त्रिक मुलुक पनि अगाडि बढिरहेको छ।

तस्बिर : विवेक विवश रेग्मी

संविधान जोगाएर जाने हो, अर्को बाटोबाट जाने होइन। अहिलेको समाजमा रहेका निराशालाई समेटेर व्यवस्था उल्टाउन खोजिँदैछ। यसका विरुद्ध कांग्रेस कडा रूपमा प्रस्तुत हुन्छ। भीडसँग जोडिएर होइन, भीडसँग जोगिएर काम गर्नुपर्ने बेला आएको छ ।

भुटानी शरणार्थीमा जेजति कुरा र मुद्दा आएका छन्। दोषी कोहो अदालतले छुट्याउला। तर आममानिसको मनमा यति ठूलो मान्छेले कसरी यस्तो गर्न सक्ला भन्ने निराशा छाएको छ। यती, ओम्नी, नारायणहिटी, बालुवाटार जग्गा घोटाला, कोभिडको औषधिबारे र विमान किन्दाका घोटाला होस् वा राज्यको व्यक्तिको सम्पत्ति अर्को व्यक्तिको नाममा सारिदिने होस् भूमाफिया सक्रिय भएका छन्।

एकातर्फ राजधानी यता भए जग्गा कति पैसा हुन्छ भन्ने भूमाफिया सक्रिय भए। राज्यको सम्पत्ति व्यक्तिलाई दोहन गर्न दिने वा व्यक्तिको सम्पत्ति ठूलो रकममा लिने जस्ता कुरा आइरहेका छन्। अहिलेको अवस्थामा देशको विकास उत्पादनमा एउटा इँटा थपिएको छैन। यो समाज मैले भनेजस्तो नभएका कारण वा मैले भनेजस्तो चाहियो भन्ने विचार भएर निरासा छायो।

बीपी कोइरालाले टुँडिखेलमा गएर भन्नुभएको थियो, ‘म एक्लै उभिन्छु, बाटो देखाउने जिम्मेवारीबाट हट्दिनँ।’ आज लोकप्रियतावादको लहडमा पार्टी जान सक्दैन। सकेनौँ भने बीपीको पार्टीजस्तो रहँदैन। बीपीको पार्टीमा बसेर लहडको पछि कुद्दा बीपीको पार्टी रहँदैन। कांग्रेस नेता सुवर्णसमशेरले पहिलोपटक बजेट लिएर आउनुभयो। आजको दिनमा पनि बजेट भाषण भइरहेको छ। हामीले गौतम बुद्ध देखेर र मेस्सी देखेर त्यही हुन खोजिरहेका छौँ। संघर्ष र निष्ठाबाट बन्ने कुरा अलग ठाउँमा छ। सबै आआफ्नो क्षेत्रमा ध्यान राख्नुपर्छ। राम्रा कुराबाट प्रेरणा लिनुपर्छ।

२१ जना सांसदको नेताले घण्टीले बजाउन पनि सक्छ भन्ने? त्यो संस्कृतिको विकास गर्न पाइन्छ? व्यक्ति लक्षित कुरा होइन, सहनशीलताको संस्कृति हुनुपर्छ। धम्क्याउने, तर्साउने होइन।

बीपी भएको भए हिजो उहाँले देखेको नेपाल र आज त्यही काम गर्नुहुन्थ्यो त? भिन्न काम र समाजको आवश्यकताअनुसार काम हुन्थ्यो। भर्खरै उदाएको रास्वपाले हिजोका पार्टीले अब चल्दैन मात्रै भनिरहेको छ। रास्वपाको विचार के हो थाहा छैन। आमजनताका बीचमा निराशा छ। आफू बदलिनुस्, अनि मात्रै हुन्छ भनिरहेका कुरा छन्। नत्र विकल्प खोज्नुपर्छ भन्ने जनताको कुरा छ। जनाधार खुम्चँदै जाँदा पनि देशभर कांग्रेस ठूलो पार्टी छ। अब कांग्रेसले चुनौती स्वीकारेर काम गर्नुपर्छ। आउँदो चुनावमा कांग्रेसलाई बदलिने अवसर छ। अहिलेकै नेतृत्वमा अनुभव र नयाँ प्रयोग गर्न सक्ने चाहना भएको पार्टी कांग्रेस जस्तो को छ? कुन पार्टी छ?

स्वर्णिम वाग्लेले चुनाव जितेपछि हामीले माफी माग्नुपर्छ भने एकजनाले। लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ। हामीले रास्वपालाई सोध्नुपर्‍यो नि, कुन किसिमको समाज र अर्थतन्त्र बनाउन खोजिएको हो? खराब कुरालाई कारबाही गर्ने भन्ने कुरा छ। आँखा कसको खराब? कारबाही गर्ने भन्ने कुरा र कारबाही गर्ने कुराको दुरुपयोग मात्रै भइरहेको छ। अबको लोकतन्त्रमा मुखबन्द गरेर हुँदैन। हामी पनि बोल्ने हो, अरू दललाई पनि सोध्ने हो।

२१ जना सांसदको नेताले घण्टीले बजाउन पनि सक्छ भन्ने? त्यो संस्कृतिको विकास गर्न पाइन्छ? व्यक्ति लक्षित कुरा होइन, सहनशीलताको संस्कृति हुनुपर्छ। धम्क्याउने, तर्साउने होइन।

समाजमा रहेका निराशालाई समेटेर व्यवस्था नै उल्टाउन खोजिँदैछ। यसका विरुद्ध कांग्रेस कडा रूपमा प्रस्तुत हुन्छ। हामीलाई आजको दिनमा तत्कालको कुरा आवश्यक छ। हामीहरू मेस्सीको जस्तो आनन्दको जीवन अहिल्यै चाहियो भनिरहेका छौँ, पर्खिने कुरै छैन। अबको समाजमा हामीले भीडसँग जोडिएर काम गर्न आवश्यक छ।

वर्तमान अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको लहडले कांग्रेस पार्टीप्रति आमजनता निराश भइहाल्नुनपर्ने अवस्था छैन। आजसम्म रास्वपाले भनेको कुरा के भने हिजोका पार्टीले चलेन मात्रै भनिरहेको छ। रास्वपाको विचार के हो थाहा छैन। चुनौती स्वीकारेर काम गर्नुपर्ने कुरा कांग्रेसले बुझेको छ।

अब कांग्रेसमा चुनौती र अवसर छन्। चुनौतीलाई चिर्दै, अवसरलाई अंगाल्दै अगाडि बढ्न आवश्यक छ। अहिलेको परिस्थितिमा नेतृत्वले सबक सिकेर काम गर्न आवश्यक देखिन्छ। यसका निम्ति तपाईँ हामी सबैले कांग्रेसमा काम गर्नुपर्छ। तपाईंहरूले दिएको सन्देश माथिसम्म लिएर जाउँला। धन्यवाद, जय नेपाल!

[गणतन्त्र दिवसका अवसरमा कांग्रेस सुनसरी २ (क) ले आयोजना गरेको ‘लोकप्रियतावादको लहडकाबीच नेपाली कांग्रेसको अबको यात्रा’ विषयक विचार गोष्ठी व्यक्त विचारको सम्पादित अंश]

प्रस्तुति : विवेक विवश रेग्मी

प्रकाशित: १५ जेठ २०८० २०:०२

प्रतिक्रिया

One thought on “मैले देउवाको अनुहारमा लागेको दाग पुछेर मात्रै हुँदैन

  1. के कांग्रेस का काला कर्तुत को वर्णन गर्नु नपर्ने हो ?
    कसैलाई पनि कानूनी कारवाही गर्नु नपर्ने हो ?
    लोकतन्त्रको अमूर्त सिद्धान्त अगाडि सारेर कुनै पनि दलका व्यक्ति लाई उन्मुक्ति दिन मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast