अब कम्पनी खोल्न शुल्क नलाग्ने

हिमाल प्रेस १५ जेठ २०८० १७:३५
6
SHARES
अब कम्पनी खोल्न शुल्क नलाग्ने

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ देखि निःशुल्क कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त घोषणा गरेका हुन्।

नयाँ कम्पनी खोल्न र कम्पनीको पुँजी बढाउन कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिने उनले बताए। त्यस्तै न्यूनतम १ सय रुपैयाँमात्रै अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने कानुनी व्यवस्था गरिने उनले बताए।

प्रकाशित: १५ जेठ २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =