सबै वडामा पुग्यो इन्टरनेट

हिमाल प्रेस १४ जेठ २०८० १८:३७
4
SHARES
सबै वडामा पुग्यो इन्टरनेट

काठमाडौँ- हालसम्म ६ हजार ७ सय ४३ वडामा ‘ब्रोडब्यान्ड इन्टरनेट’ पुगेको छ। आइतबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार सो संख्याका वडाहरूमा ब्रोडब्यान्ड इन्टरनेट पुगेको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार संघीय संसद्को दुवै सदनमा पेस गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्म सबै स्थानीय तहका कार्यालय र ६ हजार ७ सय ४३ वडा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट पुगेको हो।

त्यस्तै २०७९ फागुनसम्म रेडियो नेपालको प्रसारण पहुँच ९२ प्रतिशत जनसंख्यामा पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। इन्टरनेट ग्राहकको घनत्व १३०.६४ प्रतिशत पुगेको र डिजिटल टेलिभिजनको पहुँच ७२ प्रतिशत घरधुरीमा पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। २०७९ फागुनसम्म विभिन्न भाषाका गरी सात हजार ९ सय ४४ पत्रपत्रिका दर्ता भएका सर्वेक्षणमा उल्लेख छ।

त्यसैगरी, ४ हजार ३ सय ९० स्वास्थ्य केन्द्र र पाँच हजार तीन सय १८ सामुदायिक माविमा समेत ब्रोडब्यान्ड इन्टरनेट जडान भएको छ। मध्यपहाडी राजमार्ग र आसपासका जिल्ला सदरमुकाम जोड्ने गरी सूचना महामार्ग निर्माण गर्ने कार्यअन्तर्गत फागुनसम्मका १२ हजार २ सय ३८ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने काम सकिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। त्यसैगरी, नागरिक एपमा ५५ सरकारी सेवा आबद्ध छन्।

प्रकाशित: १४ जेठ २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast