एमालेको अडानले संसद् बैठक बस्‍नै सकेन, शनिबार ४ बजेका लागि बोलाइयो

हिमाल प्रेस १२ जेठ २०८० १९:३६
18
SHARES
एमालेको अडानले संसद् बैठक बस्‍नै सकेन, शनिबार ४ बजेका लागि बोलाइयो

काठमाडौँ- प्रतिनिधिसभा बैठक शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको छ। शुक्रबार बोलाइएको बैठक एमालेका अवरोधका कारण केहीबेर बसेर २० मिनेटका लागि स्थगन भएको थियो।

साढे १२ बजेबाट स्थगन भएको बैठक २० मिनेटमा बस्न नसकेपछि ३ बजे र त्यसपश्चात् पनि बस्न नसकेपछि ६ बजेका लागि बोलाइएको थियो। तर, तोकिएको समयमा बैठक बस्न सकेन। माओवादीका सांसद लेखनाथ दाहालले जेठ १० गतेको बैठकमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार गरेको र पित्तलको जलहरी राखेको आरोप लगाएका थिए। सोही विषयलाई लिएर आज एमालेले सदन चल्न दिए।

सदन चल्न नदिएको एमालेले वेल पनि घेराउ गरेको थियो। विवाद बढेपछि सभामुख देवराज घिमिरेले २० मिनेटको लागि बैठक स्थगित गरेका थिए। त्यसपछि सत्तापक्ष र प्रतिपक्ष दलबीच छलफल गरे पनि निष्कर्षमा पुग्न सकेन। त्यसपछि दिउँसो ३ बजेको लागि बैठक बोलाइयो। ३ बजे पनि बैठक बस्न नसकेपछि साँझ ६ बजेको लागि बोलाइयो।
६ बजे पनि बैठक बस्न सकेन।

जलहरीमा भ्रष्टाचार भएको विषय अघिल्लो वर्षको महालेखाको प्रतिवेदनमा पनि उल्लेख छ। सत्ता पक्ष सांसदहरू यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठनको पक्षमा छन् भने एमाले सांसद दाहालले माफी माग्नुपर्ने अडानमा छ।

प्रकाशित: १२ जेठ २०८० १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast