कर्णाली प्रदेशस्तरीय मानव अधिकार रक्षक सम्मेलन सुरु

हिमाल प्रेस १२ जेठ २०८० १५:५१
40
SHARES
कर्णाली प्रदेशस्तरीय मानव अधिकार रक्षक सम्मेलन सुरु

सुर्खेत- इन्सेक कर्णाली प्रदेशको प्रदेशस्तरीय मानव अधिकार रक्षक सम्मेलन आज (शुक्रबार) बाट वीरेन्द्रनगरमा सुरु भएको छ। ‘मानव अधिकार रक्षकको सरोकार, हरेक व्यक्तिको मानव अधिकार’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ।

सम्मेलनको उद्घाटन समारोहमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जीसीले सम्मेलनबाट निस्किने निष्कर्षले प्रदेश सरकारलाई मार्गनिर्देश गर्ने बताए। ‘मानव अधिकार रक्षकहरू विश्वसनीय अधिकारकर्मी बन्नुपर्छ,’ उनले भने, ‘प्रदेश सरकारले यस विषयमा आवश्यक कानुन बनाउनेछ।’

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले मानव अधिकार रक्षकहरूले कुनै पनि पीडितको अधिकार तथा न्यायका लागि लडिरहेको बताउँदै रक्षकका लागि चाहिँ को लड्ने? भन्दै प्रश्न गरे। उनले राज्यका निकायहरू मानव अधिकार रक्षकको जीवनप्रति थप गम्भीर हुनुपर्नेमा जोड दिए। ‘अब कुरा मात्रै होइन, ऐन बनाउने अग्रसरता प्रदेश सरकारले लिनुपर्छ,’ उनले भने, ‘रक्षकहरूको जीवन बचाउनु सबैको दायित्व हो।’

कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले मानव अधिकार संरक्षणमा क्रियाशील हुने भनेको मानव अधिकार रक्षक नै भएकाले उनीहरूको रक्षा नै प्रमुख कुरा भएको बताइन्। उनले रक्षकहरूको कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाइन्।

इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले उन्नत, राजनिति, समाजशास्त्री, पत्रकार, अधिवक्ता, प्रहरी सबै क्षेत्रका नागरिकहरू मानव अधिकार रक्षक भएको बताए। मानव अधिकार रक्षाका लागि जो व्यक्ति अघि बढेर काम गर्न सक्छ ऊ नै रक्षक हुने उनको भनाइ छ। ‘जुनसुकै क्षेत्रबाट द्वन्द्व तथा अधिकारका पक्षबाट पीडित भएकाहरूलाई रक्षकको रूपमा हेर्नुपर्छ,’ उनले भने।

प्रकाशित: १२ जेठ २०८० १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast