काठमाडौँ– नेकपा एमाले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। माओवादी सांसदले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको गजुरमा सुन भनेर पित्तल लगाएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले त्यस विषयमा छानबिन गर्नुपर्ने माग राख्दै बैठक अबरुद्ध गरेको हो।
‘यहाँ बोलेका कुराहरू संसारभर सुनिन्छन्। यहाँ उठेका विषयहरूमाथि छलफल गरेर टुंगो लगाइनुपर्छ,’ एमाले सांसद एवम् पूर्वसभामुख सुवास नेम्वाङले भने।
यसबारे स्पष्ट पार्न माग गर्दै एमाले सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद एवम् प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिएका छन्।
एमालेले अवरोध गरेपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिए।
तस्बिरहरू- दिपेश श्रेष्ठ/हिमाल प्रेस
प्रकाशित: १२ जेठ २०८० १२:४५
प्रतिक्रिया