सफा हिमाल अभियान : ४५ दिनमा ३४ हजार किलो फोहोर संकलन

हिमाल प्रेस ११ जेठ २०८० १५:०८
4
SHARES
सफा हिमाल अभियान : ४५ दिनमा ३४ हजार किलो फोहोर संकलन फाइल तस्बिर

काठमाडौँ- नेपाली सेनाको नेतृत्वमा भइरहेको सफा हिमाल अभियानको ४५ औँ दिनसम्म आइपुग्दा ३४ हजार १६६ किलो फोहोर संकलन गरिएको छ। मार्च २८ देखि सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्से हिमालको फोहोर संकलन गर्न सुरु गरिएको थियो। सफा हिमाल अभियान जुन ५ सम्म चल्नेछ।

अभियानलाई कोकाकोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सघाइरहेको छ। सफा हिमाल अभियानमा ९७ जना सहभागी छन्।

प्रकाशित: ११ जेठ २०८० १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =