हिले-छिन्ताङ त्रिवेणी सडकमा ७० प्रतिशत भौतिक प्रगति

हिमाल प्रेस ११ जेठ २०८० ११:२६
हिले-छिन्ताङ त्रिवेणी सडकमा ७० प्रतिशत भौतिक प्रगति फाइल तस्बिर।

भोजपुर– कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले-उत्तरपानी-छिन्ताङ-त्रिवेणी सडकको काम धमाधम भइरहेको छ। १० किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ।

पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको २९ करोड ७२ लाख ९८ हजार ६३ लागतमा सडकको निर्माण थालिएको हो। यो सातादेखि पहिलो चरणमा ५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले जानकारी दिए।

यो सडक खण्डको १० किलोमिटरमध्ये यो आर्थिक वर्षमा ५ किलोमिटर सडक कालोपत्र गरिने महतोले बताए। निर्माण कम्पनी रायामाझी, आजादका प्रतिनिधि प्रेमकुमार मल्लले आगामी पुस महिनाभित्र १० किलोमिटर नै कालोपत्र सक्ने लक्ष्य रहेको जानकारी दिए।

वर्षाको समयमा यो सडकमा यातायात सञ्चालनमा समस्या हुने गरेको थियो। हिलेबाट त्रिवेणीसम्म करिब २६ किलोमिटर सडकमध्ये १० किलोमिटर कालोपत्र गर्ने लक्ष्यसहित ०७८ असोजमा यो सडकको शिलान्यास गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =