जिप दुर्घटनामा चार जनाको मृत्यु

नारायण वली ११ जेठ २०८० १०:५६
10
SHARES
जिप दुर्घटनामा चार जनाको मृत्यु तस्बिर साभार : डिलबहादुर केसीको फेसबुक।

रुकुम पश्चिम– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा बिहीबार बिहान जिप दुर्घटनामा हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्।

सानीभेरी गाउँपालिका-५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलंगातर्फ गुडिरहेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतीखोलामा दुर्घटना भएको हो।

घटनास्थलमा रहेका सानीभेरी गाउँपालिका-६ का डिलबहादुर केसीका अनुसार दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्णबहादुर बाँठा, बाँफिकोट गाउँपालिका-८ की रेखा खत्री र उनको छोराको घटनास्थलमै मृत्यु भएको छ।

घाइतेलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन। प्रारम्भिक जानकारीअनुसार गाडी उकालोमा ब्याक भएर ब्रेक नलागेपछि दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ। जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो।

प्रकाशित: ११ जेठ २०८० १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast