काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्रलाई लक्षित गर्दै बस सेवा सुरु

हिमाल प्रेस ९ जेठ २०८० २०:४१
4
SHARES
काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्रलाई लक्षित गर्दै बस सेवा सुरु

काठमाडौँ- काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्रलाई लक्षित गर्दै बस सेवा सुरु गरिएको छ। मंगलबारदेखि बस सेवा सुरु गरिएको हो। उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यले सम्पदा लक्षित बस सेवा ‘हप अन हप अफ बस’ सञ्चालनमा ल्याइएको हो।

ललितपुरको पुलचोकमा एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्पदा यात्रा बस सेवाको शुभारम्भ गरे। बस सेवा शुभारम्भ गर्दै मन्त्री किराँतीले भाडा निर्धारण गर्ने काम सम्पन्न नभएका कारण एक हप्ताका लागि सेवा निःशुल्क सञ्चालन गरिने बताए।

उक्त बस सेवा सञ्चालन सानो काम देखिए पनि सरकारले ठूलो मेहनत गर्नुपरेको उनको भनाइ थियो। मन्त्री किराँतीले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्ने लामो समयदेखि भनिए पनि भाडा समायोजनको काम अझै नसकिएको गुनासो गरे।

उपत्यकाको पर्यटन प्रवद्र्धनका लागि यो एउटा सानो प्रयास मात्रै भएको र यसले प्रवर्द्धनमा मद्दत पुर्‍याउने उनको भनाइ थियो।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रदूषणमुक्त सहर बनाउने प्रयास अन्तर्गत महानगरपालिकाले अब उपरान्त कुनै पनि गाडी खरिद् गर्दा विद्युतीय मात्रै हुने घोषणा गरिएको बताए। गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने महानगरको घोषणा बमोजिम आफूले चढ्ने गाडी पनि विद्युतीय नै भएको उनले बताए।

प्रकाशित: ९ जेठ २०८० २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast